सुरुङका कुरा: जापानमा यस्तो छ, नेपालमा कस्तो बन्ला?

June 01, 2014 Rishi Ram Parajuli 0 Comments

नेपालका पत्रपत्रिकामा जापान सरकारले काठमाण्डौं जोड्ने त्रिभुवन राजपथको नागढुंगा खण्डमा सुरुङमार्ग बनाउन सघाउने बन्ने खबर पढ्न पाईयो। नागढुंगामा घण्टौं लामो जाम भोगेको आफुलाई पनि निकै खुशी लाग्यो, अन्य नेपालीलाई जस्तै। 
नेपालमा सुरुङमार्गका कुरा एक किसिमले नौलो छैन मात्र कुरामा किनकि हामीले केहि बर्ष देखी सुन्दै आइरहेका छौं काठमाण्डौं-हेटौंडा सुरुङ मार्ग (?) छिट्टै बन्ने भनेर तर यसले मुर्त रुप पाउने कुरामा शंका नै छ किनकी यसले आबश्यक लगानी जुटाउन सक्ने देखिएको छैन अहिलेसम्म। कतै यो योजना सरकारी लगानिमा बन्न लागेको फास्ट ट्र्याकलाई पछाडी धकेल्ने मात्रै उदेश्यले त आएको होइन? भन्ने केहि शंकाहरु बजारमा देखिन्छन आशा गरौं त्यस्तो गल्ती कुनै पनि जिम्मेवार नेपालीले गर्दैनन भन्ने बिश्वास गरौं।
जापान नेपाल जस्तै पहाडै पहाडको देश हो, ठुला शहरहरु समुद्रको तटमा रहेकाले बस्तीहरु प्राय पहाडमा छैनन तर एक शहर र अर्को शहर जोड्नको लागी पहाड छिचोल्नै पर्छ यहाँ रहेका द्रुत राजमार्गहरु र रेलवेका लाईनहरु यस्तै पहाडहरु छेडेर जानुपर्ने हुनाले यहाँ यस्ता हजारौं सुरुङमार्गहरु छन र बन्दै पनि छन। यहाँका द्रुत राजमार्गहरुको संजाल सबै शहरहरु सम्म बिस्तारित छ जसमा गाडी चलाउँदा पैसा तिर्नु पर्छ। राजमार्गका ठाऊँ र सवारीको प्रकार हेरी लाग्ने रकम फरक हुन्छ। जस्तै क्योटो शहरको साईडबाट गएको १ नं रुटमा ३९.७ किमि को १३३० जापानी एन पर्छ। जापानका यस्ता राजमार्गमा कहाँबाट कहाँ पुग्न कति रकम लाग्छ भन्ने  जान्न मन लागे यहाँ गएर हेर्न सक्नुहुन्छ
नागढुंगा क्षेत्रमा बनाईने भनेको करिब २.५ किमि सुरुङको कुरा आज आफ्नो यात्राको क्रममा यस्तै सुरुङ पार गर्दा फेरी सम्झिएँ त्यसैले यसबारेमा थोरै फोटोहरु शेयर गर्न मनलाग्यो। आफुले उतिबेला क्यामेरा नबोकेको कारण पनि केहि नरमाईलो लागेको थियो, हुनत ८० किमि प्रति घण्टा भन्दा धेरै गतिमा हुँइकिने सवारिबाट भनेजस्ता फोटा खिच्न पनि गार्है हुने थियो तर गुगल ले आफ्नो म्यापमा यहाँको बाटोको सबै चित्रहरु राखिसकेको हुनाले गुगल म्यापकै सहयोगमा केही फोटाहरु लिएर यहाँ राखेको छु। तपाईंलाई पनि आफैंले हेर्न मन लाग्यो भने तलको म्यापमा  गएर हेर्न सक्नुहुन्छ।
क्योटो शहरको एक साइडमा बनेको यो द्रुत मार्गमा धेरै सुरुङहरु छन, यहाँ निशियामा टनेलका केहि फोटाहरु देखाइएका छन जुन २.२७ किमि लामो छ। यसको बिचबाट बाहिर निस्कन सकिने द्वार पनि छ। सुरक्षाका हिसाबले आबश्यक सम्पुर्ण ब्यबस्था गरिएको छ।

टनेलको शुरु भाग, यहाँ एउटा सुरुङ एकतर्फि बाटोको लागी बनाईएको छ।


 गुगल म्यापमा त्यहाँको लोकेसन

टनेल भित्रको भाग जहाँ केहि समस्या परेमा खबर गर्नको लागी टेलिफोनको सुबिधा छ, अग्नि नियन्त्रक सामाग्रिहरु (भित्तामा रातो देखीएको) राखिएका हुन्छन प्रत्येक केहि सय मिटरको फरकमा
यस सुरुङको बिचबाट बाहिर निस्कने ठाउँ (यस फोटोमा ध्यान दिएर हेर्नु भयो भने बाहिर निस्कने संकेत स्वरुप दौडदै गरेको मानिसको चित्र र जाने बाटो देख्न सक्नुहुन्छ।)

अब केही यि द्रुत मार्गका अन्य भागका फोटा हेरौं।
द्रुतमार्ग र अन्य सहायक मार्गहरु जोडिएको ठाउँ

द्रुतमार्ग छिर्नको लागी खडा गरिएका गेट जसमा रहेको मेशिनले सवारिको जानकारी राखि यसको जम्मा रकम हिसाब गर्ने गर्दछ जुन रकम निस्कने बेला त्यहीको मेसिनमा तिर्नु पर्दछ।
छिर्ने निस्कने गेट जहाँ पैसा तिरिन्छ यो पुर्णत अटोमटिक हुन्छ जसमा प्रिपेड कार्ड या त्यहिं उपलब्ध कार्ड पैसा तिरेर लिनु पर्छ।


बिचको भाग जहाँ बिभिन्न निर्माण देख्न सकिन्छ, पुल (सहायक बाटोहरुको लागी), ब्रेस्टवाल आदी।

नेपालीका लागी बिबिध सहयोग गर्दै आएको जापान सरकारले नेपालको नागढुंगा सेक्सनमा यस्तै सुरुङ बनाउन सहयोग गरिदिएमा सम्पुर्ण नेपाली आभारी हुनेछन। आशा गरौं, कोटेश्वर-सुर्यबिनायक सडक खण्ड (नेपालले गर्नुपर्ने काम हुन नसकेपनि), बिपि राजमार्ग जस्तै गुणस्तरिय हुनेछ।

You Might Also Like

0 comments: