युबाहरुको राजनितिक जमर्को: संगठित स्वतन्त्र उमेद्वारहरु

November 15, 2013 Rishi Ram Parajuli 0 Comments

नेपालमा संबिधानसभा भाग-२ को निर्बाचन हुने समय अब केहिघण्टामा सिमित रहेको छ। देश बिदेश जता रहेका भएपनि सबै नेपाली मनहरु देशको चुनाबमै केन्द्रित छन। पलपल हुने बिभिन्न घटनाहरुका जानकारी राख्न मन लागिहाल्छ। निर्वाचन लक्षित खुलेका तथा अन्य अनगिन्ति अनलाईन साईटहरुमा आउने बिभिन्न समाचारहरु हेरेर भरपुर मनोरञ्जन लिन पाईराखिएको छ। निकै कम मात्र मानिस होलान केहि रुपमा निश्पक्ष बस्न सक्ने तर धेरै जसो मानिसहरु आ-आफ्ना आस्थाका पार्टिहरुको लागी केहि न केहि सहयोग गरिरहेको देख्न पाईन्छ, स्टाटस पोस्टहरु या समाचार शेयर गरेर। यिनै क्रममा केहि पहिले देखिनै निगरानिमा रहेको समुह "बिबेकशिल नेपाली"का बारेमा केहि समय पहिले देखि भईरहेका मिडिया कभरेज साथै उनिहरुका प्रस्तुती शैलिले केहि लेख्न मन लाग्यो।
नेपाली राजनितिमा प्रमुख दुश्मनको रुपमा रहेको ईर्श्या र संगै खुट्टा तान्ने प्रबृत्ति को बिरुद्दमा भबिश्यमा कसरि जुध्दै अगाडि बढ्लान त्यो त भबिष्यमै देखिएला तर अहिले गरिएका शुरुवाती कामहरु, अभियानहरु(केहि अपबाद बाहेक जसका बारेमा केहि छलफल आबश्यक होला), उनिहरुले गरिरहेको निर्बाचन प्रचारप्रासार को शैलि आफ्नो ठाउँमा छ साथसाथै युबा जमातमा ल्याउन प्रयास गरिरहेको सकारात्मक राजनिति प्रतिको सोच सरहानिय नै छ। यस निर्बाचन लक्षित गरि पार्टि दर्ता गर्न साथै सम्पुर्ण जिल्लाहरुमा त्यहाँका  जागरुक र जुझारु युवा हरु समेट्दै सबै क्षेत्रबाट पार्टिगत उमेद्वारी साथै समानुपातिक उमेद्वारी दिन सकेको भए पछिल्ला दिनमा रास्ट्रिय राजनितिमै भुमिका खेल्ने स्थान पाउन र गरेर देखाउन सक्ने थियो। कति के कारणले त्यो भएन यो बारेमा सायद छलफल भएकै होला तर सामान्यत बुझ्न सकिएन।

गर्न सकेको भए राम्रो हुने थियो, हुन सकेन, अहिलेका ठुला दल र नेताले पनि गरिदिएको भए राम्रो हुन्थ्यो गर्न सकेनन त्यसैले त यसरि युबाहरु राजनितिमा आउनु जरुरी भएको छ। तर राजनितिमानै होमिइसकेपछि सहनसिल, दुरदर्शि र अडिग त हुनै पर्छ पुर्खाले गरेका क्रान्तीहरुको अबमुल्यन हामि कसैले गर्नु हुदैन, यदि राजा महाराजाकै शासन हुन्थ्यो भने यसरि आफ्ना कुरा पनि राख्न सकिने थिएन त्यसैले सबैले सबैको सम्मान गर्दै एकले अर्कोलाई सहयोग गर्दै अगाडी बढ्नु नै बर्तमान र भबिष्यको आबस्यकता र चुनौती हो।

हुन त घोषणापत्र कसका राम्रा छैनन् र? भाषण गर्न कुन चाही नेता सिपालु छैनन र? तर ब्यबहारमा ल्याउन नसक्नु नै मुख्य समस्या हो। बिबेकशिल नेपालीको नामबाट संगठित युबाहरु मध्येकै ४ जना कुकर चुनाब चिन्ह लिएर निर्बाचनमा खडाहुनुभएको रहेछ, उहाँहरुका अभिब्यक्ति हरु र शुरुगरिएका प्रयासहरु हेर्दा निकै सकारात्मक देखिन्छन। सानो हुदा राम्रो हुने तर संगठन ठुलो हुदै जादा ठुलै समस्या आउने पुराना रोगहरुको बारेमा पक्कै बिश्लेशण भएको हुनुपर्छ। आशा गरौं नेपाली राजनितिमा युबाहरुको फरक ढंगको उपस्थितिमा यो प्रयास साध्य बनोस्। चुनाबी परिणाम जे होला तर यसको राजनितिमा आउने दुरगामी परिणाम राम्रै हुनुपर्छ।

नेपाली हामी कोही पनि मुर्ख छैनौं, अब नबनौं, कसले राम्रो गर्न सक्छ, को संग क्षमता छ चिनौं र मतदान गरौं। तपाईको अमुल्य मतले धेरै काम गर्नैछ।
धन्यबाद।।।

You Might Also Like

0 comments: