११ मार्चः जापानी भुईँचालो र सुनामीको दुइ बर्ष

March 11, 2013 Rishi Ram Parajuli 0 Comments

आज अंग्रेजी पात्रो अनुसार मार्च ३, २०१३, आज भन्दा ठिक २ बर्ष अघि उत्तरी प्यासिफीक महासागारको जापानी तट बाट करिव १३० कि. मि. टाढा केन्द्र बिन्दु भएर ९.० रेक्टर स्केलको महाभुकम्प गएको थियो। 
तस्बिरः सुनामी आउदाको क्षण (तस्विरः igu-online.org)
भुकम्प मात्रैले खासै क्षति नगरे पनि त्यसपछि को सामुद्रिक सुनामीले लगभग १९,००० मानिसको ज्यान लियो, अनि ३,००,००० भन्दा धेरै मानिस बिस्थापित भएर आफ्नै देशमा शरणार्थी जिवन बिताउन बाध्य छन्। दिउसो २:४६ मा गएको भुकम्प पछि झन्डै आधा घण्टा ढिलो आइपुगेको सुनामीले तटिय क्षेत्रका शहर अनि बस्तिहरुमा बितण्डा मच्चाएको थियो, जहाँ सबै भन्दा अग्लो छाल लगभग ३६ मिटर मापन गरीएको थियो। सुनामीको क्षति संगसंगै यसैका कारण आणबिक उर्जा उत्पादन केन्द्रमा रहेको चिस्याउने प्रणाली बन्द हुँदा भट्टिहरु बिस्फोट हुन पुगे र आणबिक बिकिरण फैलियो जसका कारण अझै पनि केन्द्रको ८० कि. मि. वरिपरि मानिसको बस्ति पुनर्स्थापना हुन सकेको छैन।


मानवीय क्षति बढी हुनाका केहि कारण

जापान भुकम्पिय दृष्टिले अति उच्च जोखिम क्षेत्रमा पर्दछ, यहाँ दैनिक ठुला साना भुकम्प गइरहेका हुन्छन।  बिकसीत राष्ट्र भएकोले भुकम्प सम्बन्धि धेरै अध्ययन अनुसन्धान भइसकेका छन र हुदै पनि छन।
शिविरको जीवन (तस्विरः time.com) 
 उनिहरुले बिभिन्न प्रबिधिको प्रयोग गरेर सम्पुर्ण संरचनाहरु भुकम्प प्रतिरोधि बनाएका छन त्यसैले भुकम्पीय कम्पन मात्रले यहा खासै असर गर्दैन मात्र भवनहरु हल्लिन्छन केहि क्षणको लागि। जापानमा सुनामी पानि पहिले नआएको होइन तर यति अग्लो छाल विश्वमै पहिलो चोटि आएको थियो। बिभिन्न क्षेत्रमा सुनामी बाट बच्न १० मिटर अग्ला पर्खाल पनि बनाइएका थिए। प्रत्येक क्षेत्रमा सुनामी आउन लागेको खबर दिने साइरन हरु थिए, साथै मानिसहरु जम्मा हुने सुरक्षित अग्ला स्थानहरु पनि बनाइएका थिए (बिशेष गरि स्कुल वा सरकारी भवनलाई Evacuation Center को रुपमा पनि प्रयोग गरिन्छ) तर पनि किन यति धेरै मानिसले ज्यान गुमाउनु पर्यो त? 
१)  यहाको सुनामी सम्बन्धी जानकारी दिने संस्थाले शुरुमा नै यती ठुलो सुनामी आउछ भनेर प्रक्षेपण गर्न सकेन त्यसैले मानिसहरु सबै तिर समयमै सु-सुचित हुन सकेनन् साथै कतिपय ठाउमा जहा अग्ला पर्खाल बनाइएका थिए त्यहा का मानिसले आफुलाइ सुरक्षित नै सम्झिए, पछिल्लो सुचना आउदा मानिस सुरक्षित स्थानमा जान ढिला भइसकेको थियो।
२)जापानमा बृद्द बृद्दाको संख्या अधिक रहेको र दिउसोको समयमा भुइचालो जादा, परिवारका बयष्क सदस्यहरु आ-आफ्नो काममा गएकोले, उनिहरु आफ्ना परिवारका सदस्य समेत लिइ सुरक्षित स्थानमा जान ढिला भएको साथै मानिस आउने र जाने हुदा ट्राफिक अस्तब्यस्ताले पनी असर गरेको।
आबश्यक सम्पुर्ण तयारी हुदा हुदै पनि मुख्यत यि दुइ कुराले धेरै मानिसको ज्यान गएको कुरा त्यस घटनाबाट आफुलाइ बचाउन सफल ब्यक्तिहरु संगको कुरा बाट पनि प्रमाणित गरिएको छ।


आणविक दुर्घटना र असर

फुकुशिमा दुर्घटना (तस्विरः crashstuff.com)
हिरोशिमा र नागासाकिमा अमेरिकाले गरेको आणबिक बम आक्रमणको असर भोगिरहेका जापानी जनता त्यसबेला थप त्रसित बने जब फुकुसिमामा रहेको आणबिक भट्टिमा भुकम्प र सुनामीका कारण भट्टि चिस्याउने प्रणालीले काम गर्न नसकी बिस्फोट भयो। अहिले सम्म पनि क्यान्सर लगायतका रोग र मानसिक असन्तुलनको समस्या भोगिरहेका दक्षिणी जापानीहरुले बिस्तारै आफ्नो घाउ बिर्सन लाग्दा फेरि उत्तरी क्षेत्रले त्यस घाउलाइ लिएर बस्नुपर्ने स्थितिको सिर्जना भएको छ। जापानमा लगभग ५०% बिजुली आणबिक भट्टिबाटै उत्पादन गरिदै आइएको थियो तर यो दुर्घटना लगत्तै सबै भट्टिहरु बन्द गरेर बिशेस सुरक्षात्मक निर्माणहरु पश्चात पुन संचालन भएका वा हुदै छन यध्यपि आणबिक उर्जा उत्पादन शुन्यमा झार्न जनताको ठुलो दबाब रहिरहेको छ र बिस्तारै यसलाइ शुन्यमा पुर्याउने सरकारी तयारी पनी रहेको छ। बिकिरणको असरले अझै पनि केन्द्रको ८० कि. मि. वरिपरि मानिस बसोबास गर्न सक्ने स्थिति छैन, बिकिरणको मात्रा जमिनको ढुंगा माटो, बालुवा देखी सुनामीले बगाएर ल्याएका फोहोरहरुमा समेत रहेकोले यसलाइ पुर्णरुपमा हटाउन धेरै बर्ष लाग्ने देखिन्छ।
यस दुर्घटनाको जोखिम न्युनिकरण गर्न ५० जना कर्मचारिले आफु जिबित नरहने थाहा पाउदा पाऊदै पनि भट्टि भित्र छिरेर जोखिम केहि कम गराएको र यसलाइ FUKUSHIMA-50 भनेर सम्झिने गरिएको छ। यस दुर्घटनाबाट सिर्जित समस्याहरुको बास्तबिक तथ्यांक बाहिर नल्याइएको भनेर पनि भनिने गरिएको छ, बिशेष गरि रेडियसनको स्तर सम्बन्धमा।

पुनर्स्थापना र पुननिर्माण

पुन निर्माणको चरण (तस्विरः metso.com)
कुनैपनि दुर्घटना भइसकेपछि पिडितहरुको सुरक्षा र ब्यबस्थापन मुख्य समस्या हुन आउछ, जतिसुकै बिकसित देश भएपनि पुर्वानुमान भन्दा निकै ठुलो दुर्घटना भएकोले पुनर्स्थापना त्यति सहज हुन सकेन, अझै पनि मानिसहरु आफ्नो घर फर्किन सकेका छैनन्, आणबिक बिकिरणका कारणले, जहाँ सुनामीको असर परेको थिएन। सुनामीले बगाएका तर आणबिक बिकिरणको धेरै असर नपरेका ठाउँमा चाहि केहि हदसम्म पुनर्स्थापनाको कार्य सकिएको छ। त्यस क्षेत्रका मानिस अस्थाइ शिविर अनि अन्य क्षेत्रका सरकारी आवासमा बसिरहेका छन। सरकारले पुन निर्माण र पुनर्स्थापनाको लागी मात्र ५ बर्षे योजनामा २५० खर्ब जापानी येन (करिब २२० खर्ब नेपाली रुपिया) बराबरको बजेट छुट्याएको छ। त्यहाको फोहोर ब्यबस्थापन अहिले मुख्य चुनौति रहेको छ।

जापान जस्तो प्राबिधिक तथा आर्थिक हिसाबले सम्पन्न देशले त यति धेरै समस्या खेपिरहेको छ भने यदी अबिकसित वा अल्पबिकसित देशमा यस्तो प्राकृतिक प्रकोप भयो भने त्यस क्षेत्रको मानब जीवन कस्तो होला!!!!!!

जापान सरकार र जापानी सम्पुर्ण जनतामा यस्ता प्रकोप संग लड्नसक्ने क्षमता अझै बढोस, मेरो कामना।।

You Might Also Like

0 comments: