केहि हाइकु

February 07, 2013 Rishi Ram Parajuli 0 Comments


त्यस्तो साहित्यकार त कहाँ हो र आफु, साहित्यको स्कुल जान नै सार्है अल्छि गर्ने मान्छे तर पनि बेला बेला केहि लेख्न मन लगिहल्छ। साहित्यका आफ्नै नियम हुन्छन रे तर यो बुज्रुक्लाई त्यो अध्ययन गरेर साहित्यकार बन्नु छैन खाली यसो बेला मौका आफ्नो कुरा लेख्न मात्रै किन पो जान्नु पर्यो र है भन्छ। त्यसैले यहाँ हाइकु जस्तै झझल्को आउने लाइनहरु कोर्दै छ।

टिप्ने चाहना 
काडाको तारबार 
गुलाब्को फुल। 



माया पिरती
बेरसिलो जिन्दगी
मिठो सपना।

आफ्नै चाहना 
पारिवारिक आशा 
उडेको ज्यान 


बिदेशी तन 
खै किन नमानेको 
नेपाली मन 


चिसो मौसम 
फेब्रुवरी महिना 
मायालु टाढा  


एक्लो जिबन 
अस्तव्यस्त दैनिकी  
टोक्योको हावा।


बिदेशी बास 
असिमित आकांक्षा 
रेलको लिक। 


You Might Also Like

0 comments: